धरान,८ पुस ।
पुर्वाअञ्चलमा नै पहिलो पटक प्राबिधिक परामर्शादाता समाज नेपालको आयोजनामा यही माघ १५ देखी १९ गते सम्म भवन निर्माण सम्बन्धी प्रबिधिक बास्तु तथा सेवाहरुको प्रर्दशनी हुने भएको छ ।
आज शुक्रबार धरानको होटल नवयुग होटलमा पत्रकार सम्मेलनको आयोजना गरि सो सम्मेलन गर्न लागेको प्राबिधिक परामर्शादाता समाज नेपालका अध्यक्ष बिबेक अग्रवालले जानकारी दिनुभयो ।
उहाले धरान उपमहानगरपािलकामा स्थानीय भवन निर्माण ब्यवसायी संघ तथा क्युपेक नेपालको सहयोगमा सो प्रर्दशनी गर्न लागेको बताउनु भयो ।
अग्रवालका अनुसार प्रर्दशनिले ब्यापारीक क्षेत्रमा बिभिन्न बस्तु तथा उत्पादक ,प्रबर्दक,तथा यस क्षेत्रका उपभोक्ताहरुलाई एउटै मञ्चमा ल्याउन कार्यक्रमले सहयोग पु¥याउनेछ ।
धरान १२ स्थित पब्लिक उच्च मा बि को खेल मैदानमा हुने महोत्सवममा ८१ बटा ब्यवसायिक स्टलहरु राखिनुका साथै ८ बटा स्टलमा भवन निर्माण सम्बन्धी बिभिन्न जानकारी मुलक प्रर्दशनीहरु राखिने अग्रबाललले बताए ।
त्यस्तै प्रदर्शनि अवधीभर बिभिन्न कार्यक्रमहरु अन्र्तकृया,भुकम्प सम्बन्धी डकुमेन्ट्री लगायतको प्रदर्शानी समेत रहनेछ ।
२६ लाखको लागतमा हुन लागेको सो पदर्शानीमा ६ करोडको कारोकार हुनुका साथै करिब १ लाख ब्यक्तिहरुले अवलोकन गर्नै अपेक्षा रहेको आयोजक प्राबिधिक परामर्शादाता समाज नेपालका अध्यक्ष अग्रवालले जानकारी दिनुभएको छ ।