काठमाडौँ, ८ पुस । विश्वमा रहेका सम्मूर्ण प्राणी जगतको सुख, शान्ति र दीर्घायूको कामनासहित बौद्धमा आजदेखि गुरु बज्र जप् (विश्व शान्ति पुजा) आयोजना गरिएको छ । बुद्ध समाज सेवा केन्द्रले आयोजना गरेको १० दिने शान्ति पुजामा श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेको नेतृतवमा चर्चित बौद्ध धर्म गुरुहरुले प्रवचन दिनुहुने छ । रिम्पोछे पुजाको प्रमुख अतिथिको रुपमा भारतको हिमाञ्चल प्रदेशबाट आउनुभएको हो । विश्व शान्ति पुजाको एक समारोहकाबीच स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गर्दै विश्वमा शान्ति प्रवद्र्धन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
“भगवान गौतम बुद्धको जन्म नेपालमै भएको हो र उहाँले बुद्धत्त पनि नेपालमै प्रारम्भ भएको हो, यो सत्यलाई कसैले पनि लुकाउन सक्दैन यसको अरु थप दार्शनिक आधारहरु खोजेर यसलाई गौरभको रुपमा उठाएर प्रचार प्रशार गर्न जरुरी छ,”–उहाँले भन्नुभयो । मन्त्री थापाले भगवान बुद्धले दखाएको बाटोमा नेपालीले मूल मर्मलाई व्यवहारिक रुपमा आत्मसास गर्नसकेको खण्डमा बुद्ध धर्मको गौरभको सान्दर्भिकता हुने बताउनुभयो । कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री द्वय आनन्द पोखरेल र कृपाशुर शेर्पाले बुद्ध जर्शन कुनै जाती विशेषको नभई विश्वकै दर्शन भएकाले यसलाई आत्मसात गर्दै शान्ति र अहिंसा मार्फत समृद्धिको बाटोमा अघि बढ्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विश्व शान्ति पुजामा १० करोड महासिद्धी मन्त्र जप समेत गरिनेछ ।
बौद्ध धर्मअनसुार बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको र मन्त्रको जप गर्दा सम्पुर्ण जिवित प्राणीले सुख शान्ति पाउने विश्वास गरिन्छ । मानिसको अहंकारबाट हुने बाधा व्यवधान हटाएर मानिसको बिचारमा सुद्धिकरण ल्याई विश्वमै सुख शान्तिको निम्ति बज्रगुरु मन्त्र जप तथा शान्ति पुजा गर्न लागिएको आयोजकले जनाएको छ । बुद्धिष्ट खगोलशास्त्र अनुसार यो बर्ष अग्नी बाँदर बर्ष परेको र गुरु रिन्पोछेको जन्म बर्ष भएकाले यस समयमा मन्त्र जप तथा विश्व शान्ति पुजा गर्न लागिएको हो । बुद्धिष्ट खगोलशास्त्रमा यस्तो समय ६० बर्षमा एकपटक आउने गर्दछ । पुजा अवधिभर निशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजक समितिका सदस्य मिङग्यूर शेर्पाले जानकारी दिनुभयो । रासस÷सिबी अधिकारी
पहिलो नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने काठमाडौँ, ८ पुस । नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ । तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको साहसी आरोहणको घोषणा गरेको हो । कञचनजङ्घा आरोहणका हिसावले विश्वकै अफ्ठ्यारो हिमालको रुपमा मानिन्छ । उक्त हिमालमा हालसम्म ३४४ स्वदेशी तथा विदेशीले सफल आरोहण गरिसकेका छन् । जलवायु परिवर्तन न्यूनिकरणको सन्देश लिएर विश्वकीर्तिमानी आरोही माया शेर्पाको तेतृत्वमा महिला टोलीले कञ्चनजङ्घा आरोहण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसअघि विश्वको अग्लो हिमाल सगरमाथा (८,८४८मी.नेपाल), र दोस्रो अग्लो हिमाल केटु (८,६१२ मी.पाकिस्तान) को सफल आरोहण गरेको उक्त आरोहण दलले ‘थ्रि वोमेन, थ्री टप’ भन्ने नाराका साथ सन् २०१७ अप्रिल र मे महिनामा कञ्चनजङ्गा हिमालको आरोहण गर्ने तयारी गरेको हो । यो टोलीले सन् २००७ मा सगरमाथा र २०१४ मा केटु हिमालको सफल आरोहण गरेको थियो । प्रतिकूल वातावरणसँगै जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको अभियानको मूख्य धेय रहेको आरोहण टोली प्रमुख माया शेर्पाले बताउनुभयो । उहाँले भूकम्पपछिको नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु सुरक्षित रहेको सन्देश प्रवाह गर्न अभियान सान्दर्भिक हुने उल्लेख गर्नुभयो । “कञ्जनजङ्गा गाह्रो हिमाल हो, महिलाहरु सजिलो मात्र हैन, गाह्रो हिमाल पनि चड्न सक्छन् भन्ने सन्देश प्रबाह गर्न अभियान चलाईएको हो यसले विश्वका महिला आरोहीलाई आकर्षण गर्न सहयोग पुग्नेछ,”–आरोही शेर्पाले भन्नुभयो ।
सेभेन समिट फाउण्डेशन मार्फत आरोहण जान लागेको टोलीको कञ्चनजङ्घा आरोहणका लागि करिब रु ३६ लाख लाग्ने र उक्त रकम विभिन्न निकायबाट सहयोग जुटाइनेछ । आरोही टोलीलाई बिदाई गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि तीन शिखरबाट महिलाले सन्देश प्रबाह गर्न अरोहण सान्दर्भिक हुने बताउनुभयो । सो अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले महिला आरोही टोलीलाई रु पाँच लाख दिने घोषणा गर्नुभयो ।