विराटनगरमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

विराटनगरमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ८ पौष ।  

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज विराटनगरमा औपचारिक उद्घाटन भएको छ । विराटनगर स्थित सहिद रंगशालामा भव्य समारोहका विच राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

पुरुष तथा महिला फुटबलका खेलहरु यस अघि देखि नै सुरु भए तापनि प्रतियोगिताको औपचारिक उद्घाटन भने आज मात्र भएको हो । २ हजार दर्शक क्षकताको शहीद रंगशालामा राष्ट्रपति भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन भएको घोषणा गुर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०१९ मा नेपालमा हुने तेह्रौं दक्षिण एशियाली खेलकुद सागलाई सफलता पूर्वक सम्पन्न गर्न प्रतियोगिताले उत्प्रेरण दिने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै उहाँले सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा हुने एशियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको तयारीका लागि पनि यो प्रतियोगिताले उत्प्रेरकको भूमिका खेलोस भन्ने कामना गर्नुभयो ।

आगामी पुस १५ गते सम्म सञ्चालन हुने बृहत राष्ट्रिय खेलकुदमा ४ हजार भन्दा बढी खेलाडिले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन् । पूर्वाञ्चलको मोरङ, सुनसरी, झापा, धनकुटा, सिराह, सप्तरी र उदयपुरमा प्रतियोगिताको विभिन्न खेल हुने छन् ।

प्रतियोगितामा ३५ खेल समावेश गरिए पनि पूर्वाञ्चलमा ३० खेल मात्र हुने बताइएको छ । अन्य ५ खेल मध्य एक खेल पोखरामा र ४ खेल राजधानीका हुने निर्णय गरिएको थियो । त्यस मध्य तीन खेल सम्पन्न भइसकेका छन भने महिला फुटबलका खेल सुनसरीको दुहवीमा र पुरुष फुटबल धरानमा जारी छ ।

प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् । २०३८ सालमा सुरु भएको प्रतियोगिता २–२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संस्करण यता निर्धारित समयमा हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी