लोकमान देखिए उदार,आफूलाई कालोमोसो दल्नेलाई रिहा गर्न आग्रह

लोकमान देखिए उदार,आफूलाई कालोमोसो दल्नेलाई रिहा गर्न आग्रह

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ८ पौष ।   

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफूलाई दुर्व्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । कार्कीले आज प्रेस विज्ञप्ति मार्फत सो आग्रह गर्नुभएको हो ।

सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भएपनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको उल्लेख गर्नुभयो ।

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उहाले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ