पुस ८ सिन्धुली । जिल्लाका करिव १ दर्जन विद्यालयका ३ दर्जन शिक्षकहरुले विद्यालय कुरेकै भरमा तलब खाने गरेका छ्रन् । घटि विद्यार्थी संख्या भएका जिल्लाका १६ वटा विद्यालयका शिक्षकहरु काम विनासितैमा तलब खाने गरेका छन् । आठाँै शिक्षा ऐन आठौँ संशोधन भए पछि जिल्ला स्तरिय शिक्षा समिति गठन हुन सकेको छैन । विद्यालय गाभने क्रम देखि समतिले गर्ने अन्य काम समेत रोकिएको जिल्ला शिक्षा अधिकरी केदार प्रसाद गीरिले बताउनु भयो ।
तत्कालिन स्थानिय विकास अधिकारीको ईश्वर कुमार गिरीको अध्यक्षतामा गठन भएको शिक्षा समितिले १६ वटा विद्यालय वन्द गर्न सिफारिस गरिएको हो । त्यसैगरी समितिले जिल्लाका तीन स्थानमा कक्षा १ देखि ३ सम्म नयाँ विद्यालय संचालन गर्नु पर्ने सुझाव दिएको थियो भने दुई वटा विद्यालयलाई घटुवा गर्न सिफारिस गरीएको थियो । १६ वटा विद्यालय मध्ये एकाध विद्यालयका शिक्षक र विद्यार्थी संख्या बराबर थिए भने कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीहरुको संख्या कम देखिएको थियो । समितिले बन्द गर्न सिफारिस गरेका विद्यालयहरुमा जनज्याति प्रा.वि. भौरी लदाभिर, कालिका प्रा.वि. खोलागाउँ, जनसेवि प्रा.वि.तल्लो भलुवाही हत्पते, कल्याणी प्रा.वि. सिस्नेरी, सहिद प्रा.वि. पन्नेसी, त्रिवेणी प्रा.वि. सितलपाटी, जनजागृति प्रा.वि. आरुखोला भिमेश्वर, चन्द्र कन्या प्रा.वि. नागी, पञ्चकन्या प्रा.वि. भद्रकली, जनचाहना प्रा.वि. ओल्लो रामपुर, बाघेश्वरी प्रा.वि. बाघछेडा, क.न.पा.–३, प्रा.वि. तारुफेदी जलकन्या, सरस्वती प्रा.वि. शाखाजोर र जनएकता प्रा.वि. देउराली रतन्चुरा रहेका छन् ।
ती विद्यालयका शिक्षहरुलाई सरुवा गरी अन्य विद्यालयमा गएर काम गर्न निर्देशन शिक्षा अधिकारीले दिएसकेको बताउनु भयो । आधिकारीक रुपमा विद्यालय वन्द गर्नको लागि जिल्ला शिक्षा समिति अनिवार्य भनि शिक्षा ऐनमा व्यवस्था भएकाले आधिकारी रुपमा वन्द गराएको भन्दा पनि आफ्नो अधिकार क्षेत्र प्रयोग गरी वन्द अवस्थमा रहेका विद्यालयमा पढाउनको लागि खटाएको जानकारी दिनु भयो । यस शिक्षा ऐनले परिकल्पना गरेको शिक्षा समितिको संयोजकको मापदण्ड अनुसार जिल्लामा त्यस्ता व्यक्तिहरु पाउन नै गा¥हो पर्ने गिरीले वताए । समिति कहिले बन्छ भन्ने टुङ्गो नभएकाले आफू मातहतका शिक्षक कर्मचारीलाई काममा खटाउने अधिकार शिक्षा ऐनले दिएकाले त्यही अधिकार प्रयोग गरी विद्यार्थी नभएको विद्यालयबाट शिक्षकलाई विद्यार्थी भएको विालयमा शिक्षक वहाँको भनाइ छ ।
अनुगमन टोलि गठन ः
विगठीत शिक्षा समतिले जिल्ला १६ वटा विद्यालय मर्चगर्न सुझाव दिएको थियो । उक्त समिति केही समय पछि नै विघटन भएपछि विद्यार्थी विहिन विद्यालय रुघेर शिक्षकहरु तलव खाएका थिए । शुन्य विद्यार्थी भएको भन्दै समितिले वन्द गर्न सिफारिस गरेको विद्यालयको स्थलगत अनुगमनको लागि शिक्षा कार्यालयले कार्यालयकै कर्मचारी सम्लित ३ सदस्यीय कमिटी गठन गरेको थियो