संविधान संशोधन, निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति गर्न प्रधानमन्त्री दाहालको आग्रह

संविधान संशोधन, निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति गर्न प्रधानमन्त्री दाहालको आग्रह

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ८ पौष ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तथा स्थानीय तह निर्वाचनसँग सम्बन्धित विधेयक लगायतका विषयमा प्याकेजमा सहमति गर्न प्रमुख प्र्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गर्नुभएको छ ।

गोरखाको चनौटे पुग्नुभएका प्रधानमन्त्री दाहालले राजनितिक गतिरोध अन्त्य गर्न गम्भिर बन्न एमालेलाई आग्रह गर्नुभयो ।

लगातार संसद अवरुद्ध गरेर राष्ट्रवादी नहुने भन्दै उहाँले संसदीय प्रक्रियालाई मार्ग खुला गर्न समेत प्रतिपक्षी दलसँग आग्रह गर्नुभएको छ । मधेशी, जनजाति र थारु समुदायलाई वाइपास गरेर कुनैपनि दल राष्ट्रवादी हुन नसक्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

राष्ट्रवादी हुनालाई तराई, पहाड र हिमाललाई मिलाउनुपर्ने भन्दै उहाँले यसका लागि संविधान संशोधन अनिवार्य रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री दाहाल गोरखाको चनौटेमा निर्माणधिन कालिका जलविद्युत आयोजना र नवौं गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा पुग्नु भएके हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ