काठमाडौ ८ पौष ।
सुनसरीको दुहावी रंगाशालामा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलमा विभागिय टोली नेपाल पुलिस फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत आज भएको खेलमा पुलिसले मध्यमान्चाल विकास क्षेत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि निरु थापाले ह्याट्रिक गरिन् ।
पुलिसका लागि थप दुई गोल निर्माला उपाध्यायले गरेकी थिइन् ।
यसैविच आजै भएको पुरुष फुटबल अन्तरगत एपिएफले विजयी सुरुवात गरेको छ । धरानस्थित एन्फा टेक्निकल मैदानमा भएको खेलमा एपिएफले मध्यापश्चिमान्चललाई ८–० गोलको विशाल अन्तरले पराजित गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline