वीरगन्ज ,पुस ८ ।
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले सरकारले ल्याएको संबिधान संसोधनको बिरोधमा संसद अबरुद्ध पार्नुको औचित्य नभएकोले तत्काल सदन खोल्न एमालेलाई आग्रह गर्नुभएको छ ।
नेपाल सद्भावना पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गर्नुभएको हो ।
राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्र कमजोर हुने भन्दै उहाले मुलुकलाई निकास दिनुको विकल्प नभएकोमा जोड दिनुभयो ।
उहाले संशोधन प्रस्तावको विषयलाई लिई लामो समयदेखि संसद् अवरुद्ध भए पनि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेताहरु अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको समेत आरोप लगाउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline