नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ

नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

महोत्तरी ,पुस ८ ।

महोत्तरीको गौशाला नगरपालिका–९ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेका छन् ।

गुदर महतोले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएको प्रहरी निरीक्षक शम्भु पोखरेलको टोलीले गएराति उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पोखरेलले बताउनु भयो ।

उनीहरुलाई आज आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी लगिएको प्रहरीले जनाएको । घटनाबारे थप अनुसन्धान भईरहेको पोखरेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ