काठमाडौं, पुस ८ ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्ती आज मनाइदै छ । भट्टराईको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस तथा भातृ संगठनहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।
नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो ।
सन्त नेता भट्टराईले २००७ सालको राणा विरोधी आन्दोलन २०४६ सालको जनआन्दोलन लगायतका मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँको सम्झनामा नेपाली कांग्रेस तथा उसका भातृ संगठनले आज उहाँको निवास ललितपुरको बाडे गाउमा विशेष कार्यक्रमको आयोजना गरेको छ । दिउसो १ बजे पछि हुने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
२०४७ बैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उहाँ दुई पटक मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो ।
२०४७ सालको संविधान निर्माण र छोटो संक्रमणका बीचमा तात्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थीरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उहाँको निधन २०६७ साल फागुन २० गते निधन भएको थियो ।