कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने

कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमान्डौ पुस ८ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वाेच्च अदालतमा जारी सुनुवाईमा आज देखि विपक्षी का तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् ।

हिजो पहिलो दिन निवेदकका तर्फबाट वहस सकिए पछि आज देखि विपक्षीको तर्फबाट बहस सुरु हुन लागेका हो । विहान ११ बजे बाट सुरु हुने सुनुवाईमा आज कार्की पक्षका कानुन व्यवसायीहरुले बहस गर्ने छन् ।

कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति गैर संवैधानिक नभएको जस्ता विषय कार्कीको कानुन व्यवसायीहरुले पेस गर्ने छन् । इजलासले हिजो निवेदक पक्षलाई जस्तै आज विपक्षी पक्षलाइ पनि बसहका लागि समय समय तोक्ने सर्वाेच्च स्रोत बताएको छ ।

न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा एक मुष्ठ सुनुवाइ भइरहेका हो । ५० भन्दा बढी कानुन ब्यवसायीले कार्कीको पक्षमा बहसका लागि नाम टिपाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ