विराटनगरमा आज देखि सातौ राष्टिय खेलकुद प्रतियोगिता सुरु हुदै

विराटनगरमा आज देखि सातौ राष्टिय खेलकुद प्रतियोगिता सुरु हुदै

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ पुस ८ ।
विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नु हुने छ ।

पूर्वाञ्चलमा खेलकुद सातौ, विविधतामा रमाएर बाँचौ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन विराटनगर स्थित सहिद रंगशालामा अपरान्ह ३ बजे पछि हुने छ ।

एक साता हुने बृहत राष्ट्रिय खेलकुदमा ४ हजार भन्दा बढी खेलाडिले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन् । पूर्वाञ्चलको मोरङ, सुनसरी, झापा, धनकुटा, सिराह, सप्तरी र उदयपुरमा प्रतियोगिताको विभिन्न खेल हुने छन् ।
प्रतियोगितामा ३५ खेल समावेश गरिए पनि पूर्वाञ्चलमा ३० खेल मात्र हुने बताइएको छ । अन्य ५ खेल मध्य एक खेल पोखरामा र ४ खेल राजधानीका हुने निर्णय गरिएको थियो ।

त्यस मध्य तीन खेल सम्पन्न भइसकेका छन भने महिला फुटबलका खेल सुनसरीको दुहवीमा र पुरुष फुटबल धरानमा जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी