कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन आजबाट सुरु हुदै

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन आजबाट सुरु हुदै

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, पुस ८ ।
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु हुदै छ ।

कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्म जयन्तीको अवसर पारेर काग्रेसले आज सम्मेलनको आयोजना गर्न लागेको हो ।

राष्ट्रिय सभागृहमा बिहान ८ बजे देखि सुरु हुने सम्मेलनको काग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दुईदिने सम्मेलनमा राजनैतिक दलहरुले आर्थिक व्यावस्थापनका लागि गर्ने चन्दा संकलन अभियानको भय ,त्रासबाट मुक्त गर्ने उपाय ,आयव्ययको पारदर्शीताको सार्वजनिकरण गर्ने व्यावस्था लगायतका बिषयमा छलफल गरिने राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द पुडासैनीले बताउनु भयो ।

यस्तै सम्मेलनले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै राजनितिक दललाई न्युनतम आर्थिक सहयोगको व्यावस्था गर्न आवश्यक पहल गर्न राज्यको ध्यानाकर्षण गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ