सरकारी वकिलहरुको पहिलो राष्ट्रिय सम्मेलन आज

सरकारी वकिलहरुको पहिलो राष्ट्रिय सम्मेलन आज

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ पुस ८।
देशभरका सरकारी वकिलहरुको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुने भएको छ । उक्त सम्मेलनको राष्टपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नु हुने छ।

सरकारी वकिल र अन्य निकाय बीचको समन्वय बृद्धि गर्ने तथा उनीहरुको प्रभावकारिता बढाउने उद्देश्यले सम्मेलन गर्न लागिएको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।

सम्मेलनमा वर्तमान परिस्थितिमा सरकारी वकिलहरुको कार्यक्षेत्र,फौजदारी न्याय प्रसाशन र फौजदारी कानुनहरुको नयाँ व्यवस्थाका सन्दर्भमा साझा धारणा तय गरिने बताइएको छ ।

३५२ जना सरकारी वकिलहरुले सहभागिता जनाउने सम्मेलनमा सरकारी वकिलको कार्यसम्पादन सम्बन्धमा ३० भन्दा बढी कार्यपत्र प्रस्तुत् गरिने छ ।

सम्मेलनमा महान्यायधिवक्ता कार्यालयको भौतिक पूर्वधार विकास र संस्थागत सुदृढीकरण, सरकारवादी मुद्धालाई प्रभावकारी बनाउन आवश्यक रणनीति बनाउने विषयमा पाँच समूहमा छलफल गरिने महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ