२४औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न

२४औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काभ्रेपलान्चोक, ७ पुस । नेपाल प्रहरी उच्च माध्यामिक आवासीय बिद्यालय साँगाको आयोजनामा संचालित २४औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता २०७३ सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता समापनका अवसरमा बिहिबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बिजयी खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । साथै उहाँले रेफ्री तथा अफिसियलहरुलाई समेत प्रमाणपत्र वितरण गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक अर्यालले इमानदारितापुर्वक गरेको प्रयासले सफलता दिने उल्लेख गर्दै बिजयी टिम तथा खेलाडीहरुलाई बधाई दिनुभयो । पुर्वजको पहलमा स्थापना भएको प्रहरी बिद्यालयलाई अझै सुधार र परिवर्तन आवश्यक रहेकोले स्तरोन्नतीको लागि प्रयास गरिने उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल प्रहरी उच्च माध्यामिक आवासीय बिद्यालय साँगाका प्रिन्सिपल नवीन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी उच्च माध्यामिक आवासीय बिद्यालय साँगा ए टिम प्रथम र लिटील एञ्जल स्कुल ललितपुर द्वितीय भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार नगद ३० हजार रुपैयाँ र खशी तथा द्वितीय पुरस्कार नगद २० हजार रहेको छ ।

गत मंसिर २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी उच्च माध्यामिक आवासीय बिद्यालय साँगाको ए र वि टिम, बेलर इन्टरनेशनल स्कूल बनेपा, चाँदबाघ काठमाडौँ, डिएभि स्कूल ललितपुर, काठमाडौँ युनिर्भसिटी धुलिखेल, लिटील एञ्जल ललितपुर, सेन्र्ट जेभियर्स जाउलाखेल, सैनिक महाबिद्यालय भक्तपुर, सिद्धार्थ बनस्थली बालाजु, पाठशाला स्कूल ललितपुर, जेम्स स्कूल धापाखेल, साइनमोडन स्कूल काठमाडौं, काभ्रे उच्च माध्यामिक बिद्यालय बनेपा, सुदेश स्कूल ललितपुर र रामभक्त मेमेरियल स्कूल बनेपाको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी