सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिता बिहीबारदेखि धरानमा सुरु भएको छ । सुनसरीको धरान स्थित एन्फा टेक्नीकल सेन्टरमा एन्फाका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले वृहत् खेलकुद महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिता शुरू भएको घोषणा गर्नुहुर्दै श्रेष्ठले खेलकुदको माध्यमबाट समग्र मुलुकलाई एकताको सूत्रमा बांध्नुपर्ने बताउनुभयो
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लव र मध्यमाञ्चल फुटबल टिमले विजयी सुरुवात गरेका छन् ।
जित निकाल्दै दुबै टोलीले तीन अङ्क जोडेका छन् । एन्फा एकेडेमीको खेल मैदानमा बिहीबारदेखि सुरु भएको लिग चरण अन्तर्गत समूह क को खेलमा विभागीय टोली पुलिस क्लवले पूर्वाञ्चल फुटबल टिमलाई २–१ गोल अन्तरले हराएको हो ।
जितका लागि पुलिसका सुमन लामा र बुद्ध लामा गोल गर्दा पूर्वाञ्चलबाट दीपक राईले सान्तवना गोल गरे । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चले विजयी सुरुवात गर्दै तीन अंक जोडेको छ ।
मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० गोल अन्तरले हराएको छ । स्टार खेलाडीले भरिएको पश्चिमाञ्चललाई मध्यमाञ्चलका निरबहादुर आले, रुमेश बास्तोला र श्यामबाबुले गोल गर्दै टिमलाई जिताएका थिए ।
भोलीको पहिलो खेलमा बिहान ८ बजे शसस्त्र प्रहरीको ए पी एफ बिरुद्धमध्यपश्चिमा क्षेत्र तथा ११ बजेको दोश्रो खेल सुदुरपश्चिम बिरुद्ध नेपाल आर्मीले प्रतिष्पर्धा गर्नैछ । भने खेल एन्फा टेक्नीकल सेन्टर धरान १७ मा हुनेछ ।। पुरुष फुटबलको फाइनल १५ गते हुने छ ।