चलचित्र पिंजडाबाट आफ्नो अभिनययात्रा प्रारम्भ गरेका निखिल उप्रेति , उनले उक्त चलचित्रमा गरेको अभिनयबाट भन्दा पनि बढि चर्चित बने ७ तला माथीबाट हाम फालेको दृष्यले । सानै देखी ज्याकि च्याङको फ्यान बताउने उप्रेतिले जसै ७ तला माथीबाट हाम फाले , अभिनयको यात्रामा उनले पछाडी फर्कनुपरेन । उनले हाम फालिनै रहे , चाहे त्यो चलचित्रको पर्दामा होस चाहे दर्शकको मनभित्रको सिंहासनमा नै किन नहोस ।
रेडियो मिर्मिर ८९.४ मेगाहर्जको कार्यक्रम फिल्मी डायरीमा निकै सरल अनि सहज ढंगमा प्रस्तुत भए विशेष गरी आफ्नी दोश्री पत्नी सञ्चिता लूइटेल संगको विवाह प्रसंगमा । सञ्चिता लुइटेलको विवाह प्रसंगमा गल्ति गर्नुभएको हो यो प्रसंगलाई कसरी लिनुभएको छ भन्ने प्रसंगमा उक्त समय आफुले साच्चै नै गल्ति गरेकै हो व्याक्तिगत रुपमा अनि सामाजिक रुपमा पनि तर अव आजको कोणबाट नियाल्दा भने आफुले त्यसलाई गल्तिको रुपमा नस्विकार्ने जवाफ दिए । सञ्चिता तर्फका २ सन्तान तर्फ इ्िङगत गर्दै उनिहरु प्रेमको नमुना भएका कारण अव आफुले उक्त कुरालाई गल्तिको रुपमा नस्विकार्ने जवाफ दिए ।
बलिउडमा एक फिल्ममा अक्षय कुमारलाई समेत द्धन्द्ध प्रशिक्षण दिएका उनी अभिनेता अभिषेक बच्चनका पनि द्धन्द्ध प्रशिक्षकको रुपमा काम गरेको बताइरहदा आफुलाई बलिउडमा स्टन्ट म्यानको रुपमा काम गर्ने अवसर प्राप्त भएता पनि आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावनाले आफुलाई नेपाली चलचित्रमा तानेको उनले बताए । नेपाली चलचित्र क्षेत्र पनि सानो छैन भन्दै आफ्नो जिवनका सम्पुर्ण समयहरु नेपाली माटोमा नै खर्चने उनले दावि गरे ।

कलाकार राजनितीमा प्रवेश गर्ने क्रम जारी रहेको प्रसंगमा उनको धारणा बुझदा कलाकार राजनितीमा प्रवेश गर्नुलाई आफुले सहज रुपमा लिएको बताए । कलाकार पनि समाजको एक नागरीक हुनुको नाताले उसमा पनि के गर्ने के नगर्ने स्वतन्त्रता रहेको बताउदै कलाकारले पार्टिको झण्डा बोक्नुलाई नकारात्मक रुपमा लिन नहुने कुरा बताए । पाटिको झण्डा बोकेर हिड्दा दर्शकको दायरा साघुरो बन्लाकि , कतै राजनितीक दलको झण्डा बोकेका कलाकार का दर्शक आफ्नै कार्यकता मात्र होलान नी भन्ने प्रसंगमा त्यो कुराको ज्ञान सायद ति कलाकार लाई भएको हुनुपर्ने घुमाउरो जवाफ दिएका थिए । कतै तपाइ पनि राजनितीमा प्रवेश गर्ने सम्भावना त छैन भन्ने प्रसंगमा कलाकारीता क्षेत्रमा पनी आफु योजनावद्ध रुपमा प्रवेश नगरेको भन्दै आफु भविष्यको योजना खासै नवनाउने , बर्तमानमा नै रमाउने प्रवृतिको भएका कारण राजनितीमा प्रवेश गर्ने कुरा वारे पनि अहिले बोलिहाल्नु उचित नहुने बताए ।
चर्चामा रहदारहदै चलचित्र क्षेत्रबाट केहि समय हराएको प्रसंगमा उनले आफु फिल्म सम्बन्धि अध्ययन गर्ननै केहि समय हराएको प्रसंग समेत जोडे । नेपाली चलचित्रमा भैरव मार्फत पुनरागमन गरेका उनलाई दर्शकको उत्तिनै माया प्राप्त हुनुलाई दर्शकको आर्शिवाद , माया अनि आफ्नो मेहनतको प्रतिफलसंग जाडे ।
चलचित्रमा स्टन्ट गर्दाको प्रसंगमा उनले एउटा गम्भिर प्रंसङ उल्लेख गर्न भ्याए । कि आफु स्टन्ट गर्दा परिवारलाई कहिल्यै पनि जानकारी नगराउने किनकी स्टन्ट गर्दाको क्षण मृत्युको सम्मुखमा पुग्नु पर्ने अवस्था समेत आउनेहुदा परिवारको बाधा वाट मुक्त भइ स्वतन्त्रता पुर्वक काम गर्न समेत आफुले परिवारमा जानकारी नदिने उनले बताए । जीवनमा मर्नु त छदैछ ढिलो चाडोको कुरा हो भन्दै उनले आफुलाई मुत्युदेखी डर नलाग्ने समेत बताए ।
अन्त्यमा सामाजिक सञ्जाल फेसबुकको एकाउन्ट बारे कुरा गर्दा आफुले अहिले सम्म फेसबुक एकाउन्ट नखोलेको र आफना नाममा खोलिएका सम्पुर्ण फेसबुक एकाउन्ट गलत भएको भन्दै अव चाडैनै आफनो नाममा फेसबुक एकाउन्ट खोल्ने योजनामा आफु रहेको र यसबारे मिडिया मा जानकारी गराउने उनले बताए ।