तपाइँ अंग प्रदर्शन किन गर्नुहुन्छ ?

तपाइँ अंग प्रदर्शन किन गर्नुहुन्छ ?

  • बिहिबार, पुस ७, २०७३
  • –गोपाल ढकाल, मनोविद्

  • 6.4K
    SHARES

आदिम युगमा मानिसहरु नांगै हिँड्थे । अंग देखाउनु उनीहरुको बाध्यता थियो । कारण त्यतिबेला मानिसले लुगा लगाउन जानेका थिएनन्, अर्थात् लुगाको आविष्कार भएको थिएन । तर आज समय फरक भएको छ । आज मानिसहरु थरि–थरिकाले अंग प्रदर्शन गर्दै हिँड्छन्, कारण आजका मानिसले लुगा लगाउन जानेका छन् । नेपाली समाजमा कुनै बेला नारीले खुट्टाको कुर्कुचा समेत देखाउनु हुँदैन भन्ने गरिन्थ्यो । तर, अब त्यो समय रहेन । नाइटो देखाउनु त अब सामान्य कुरो भएको छ ।

सुन्दर शब्दमा भन्ने हो भने, शरीरका संवेदनशील अंगहरु आकर्षक तरिकाले देखाएर अरुलाई मोहित पार्नु अंग प्रदर्शन हो । आजको आधुनिक समयमा युवा–युवतीदेखी लिएर बालक, बुढा–बुढीसमेत अंग प्रदर्शन गर्नमा लालायित देखिन्छन् । आखिर किन गरिन्छ त अंग प्रदर्शन ः तपाइँ अंग प्रदर्शन किन गर्नुहुन्छ ? यदि यो प्रश्न कुनै नायिकलाई सोध्ने हो भने जवाफ आउँछ– कथाले मागेर । यदि यही प्रश्न तपाइँलाई गर्ने हो भने तपाइँ के भन्नुहुन्छ ? के हो त अंग प्रदर्शनको रहस्य ? सुन्दर हुने सबैको चाहना हुन्छ । शरीरका खास अंगलाई उपयुक्त तरिकाले प्रदर्शन गर्दा शरीरको सुन्दरता अझ बढ्छ । नारीको नाइटो, स्तन, हिप, तीघ्रा तथा पुरुषको छाती, पाखुरा आदि अंगको प्रदर्शनले व्यक्तिको सुन्दरतालाई बढाइरहेको हुन्छ । मानिसको पहिलो आकर्षण भनेको सुन्दरता हो । नारी जातीको लागि त सुन्दरता, उनीहरुको सम्पत्ति नै मानिन्छ । त्यसैले नारीहरु आफूलाई सुन्दर, आकर्षक राख्न सधैँ प्रयत्नशील हुन्छन् ।

अझ यौवन अवस्थामा पुगेका केटीहरुको विशेष चासो नै केटाप्रति हुन्छ । उनीहरुले आफूलाई हेरे कि हेरेनन् । मन पराए कि पराएनन् भन्ने चिन्ताले उनीहरुलाई सताइ रहन्छ । केटालाई आफूतिर आकर्षित गर्न आफ्नो पहिरनमा ध्यान दिने तथा अंग प्रदर्शनमा रुची राख्ने गर्दछन् । अंग प्रदर्शनको पछाडि यौनसंकेत पनि पाउन सकिन्छ । आफ्नो यौन साथीलाई आफूतिर आकर्षित गर्न पनि अंग प्रदर्शन गर्न सकिन्छ । अंग प्रदर्शनको माध्यमबाट केही मात्रामा भए पनि यौन सन्तुष्टि मिल्ने कुरालाई नकार्न सकिँदैन । नत्र फेसन च्यानलप्रति दर्शकको क्रेज पढ्ने थिएन ।

मनोवैज्ञानिक फ्रायनले त मानिसका सम्पूर्ण क्रियाकलापलाई नै यौनसँग जोडेर हेरेका छन् । अंग प्रदर्शन आधुनिक समयको देन हो । आधुनिकतासँगै अंग प्रदर्शनमा पनि विविधता आइरहेको छ । सूचना तथा सञ्चारका माध्यमहरुको प्रभावले अंग प्रदर्शन विश्वव्यापी भएको छ । आधुनिक, विकसित पाश्चात्य मुलुकहरुमा त अंग प्रदर्शन झनै खुलेर गरिन्छ । अंग प्रदर्शनमा व्यक्तिको आधुनिक र परिवर्तनशील बन्ने उन्माद पनि देखिन्छ । परम्परागत, बानी, व्यहोरा त्यागेर, आधुनिक, विकसित देशका मानिसको अनुशरण गर्दै आफू पनि उनीहरु जस्तै बन्न खोज्ने प्रयासमा पनि अंग प्रदर्शन, आफ्नो असक्षमता, कमजोरी आदिको पूर्ति गर्ने प्रयासमा पनि हुने गर्छ ।

यदि शारीरिक रुपमा असुन्दर नारीले पनि अंग प्रदर्शन गर्दै हिँड्छे भन्ने यसको अर्थ हुन्छ कि ऊ आफ्नो शारीरिक असुन्दरतालाई अंग प्रदर्शनको माध्यमद्वारा पूर्ति गर्न चाहन्छे । त्यस्तै मानसिक योग्यताले अरुलाई आफूतिर आकर्षित गर्न नसक्दा वा आफ्नो व्यक्तित्वको विकास गर्न नसक्दा अंग प्रदर्शनको सहारा लिने गरिएको पाइन्छ । यसरी अंग प्रदर्शनको पछाडि जे–जस्ता मनोवैज्ञानिक कारण भए पनि अंग प्रदर्शन गर्दा समाज, संस्कृति, परम्परा, रीतिरिवाजलाई पनि ख्याल राख्नुपर्छ ।

आफूलाई नसुहाउने ज्यादै भड्किलो पहिरनले अरुलाई आकर्षित गर्न सक्दैन । मौसमअनुसारको आफूलाई सुहाउने लुगा लगाएर आफूलाई सजाउनु पनि एउटा कला हो । सिर्जनशीलता हो । क्षमताको कुरा हो । आकर्षक तरिकाले सुहाउने र समाजले पचाउने गरी गरिएको अंग प्रदर्शनलाई नराम्रो मानिँदैन । कुनै नारी आफूलाई सजाएर सुगन्ध छर्दै हिँड्छे भने उसलाई हेरेर नटोलाउने को होला ? मेनुकाको सुन्दरताले विश्व मित्रको तपस्या त भंग ग¥यो भने …… ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी