काठमाण्डौ,७ पुस ।
अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेका रिटमाथी सर्वोच्च अदालतमा निवेदकका तर्फबाट आज बहस सकिएको छ ।
न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा शुरु भएको सुनुवाईमा निवेदकका तर्फबाट आज ९ जना कानुन व्यवसायीले बहस गरेका छन । बिपक्षीका तर्फबाट भोली बहस शुरु हुनेछ ।
बार दिवस परेको भन्दै पेशी हटाउन बार एशोसियसनबाट लिखित रुपमा गरिएको आग्रहलाई अस्वीकार गर्दै इजलासले निवेदक पक्षबाट बहस शुरु गर्न आदेश दिएको थियो ।
कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा आज एकैसाथ सुुनुवाइ सुरु भएको हो । ५० भन्दा बढी कानुन ब्यवसायीले कार्कीको पक्षमा बहसका लागि नाम टिपाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline