पुष ७ काठमाण्डौं । माओवादी प्रवक्ता खड्ग बहादुर विस्वकर्मा प्रकाण्डले लोकमान मात्र हैन सबै दलाल र भ्रष्टहरु माओवादीको निशानामा रहेकाले क्रमवद्ध तरीकाले कार्बाही गर्ने चेतावनी दिनु भएको छ ।
अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरमा कालोमोसो दलिएको विषयमा सोधिएको जिज्ञासामा प्रवक्ता प्रकाण्डले भ्रष्टहरुलाई जनताले कार्बाही गर्ने र पार्टीले त्यसको नेतृत्व गर्ने बताउनु भयो ।
यसैबीच घटनाको जिम्मेवारी लिदै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नु भएको छ ।
उहाले भ्रष्टाचारीलाई कार्बाही गर्ने अभियानको संकेत स्वरुप कालोमोसो दलिएकाले आफ्ना कार्यकर्ताहरु निशर्त रिहा गर्न माग गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline