बन्दका क्रममा २८ माओवादी कार्यकर्ता पक्राउ , भक्तपुरमा सवारी साधनमाथि तोडफोड

बन्दका क्रममा २८ माओवादी कार्यकर्ता पक्राउ , भक्तपुरमा सवारी साधनमाथि तोडफोड

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भक्तपुर, पुस ७ ।
विप्लव माओवादी निकट युवा तथा विद्यार्थी संगठनले गरेको उपत्यका बन्दका क्रममा प्रहरीले भक्तपुर र काठमाण्डौबाट २८ जनालाई नियन्त्रणमा लिएको छ ।

बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजना र काठमाण्डौबाट २४ जनालाई पक्राउ गरेको हो ।
भत्तपुर सूर्य्विनायक नगरपालिकास्थित दोलखाली खाजाघरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

यता काठमाण्डौको कमलादीबाट दिउसो प्रकाश चन्द ,गणेश रैकाल ,सुनिता बम लगायत १० जना र रत्नपार्कबाट अखिल क्रान्तिकारीका केन्द्रिय सचिव रामबाबु विक, उपत्यका संयोजक लोकेश विक, केन्द्रिय सदस्य केशव सन्जेल, कृष्ण सेवा र प्रज्वल शाही लगायतका २४ जना पक्राउ परेका छन् ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नम्बरको बसमा बन्दकर्ताले तोडफोड गरेका छन् । सो क्रममा दुईजना यात्रु सामान्य घाईते भएको र उपचार पस्चात हाल फर्किएको भत्तपुर प्रहरीले जनाएको छ ।
बन्दकर्ताले सोही स्थानमा बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ