नेपाल जेसीजको निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन

नेपाल जेसीजको निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ७ पुस ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।

अध्यक्षका उम्मेदवार विष्णु बरालले निर्वाचनमा धाँधली भएकोमा छानबिनको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रशासन कार्यालयले ४३ औं महाधिवेशनका निर्वाचन आयुक्तलाइ निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरु सहित उपस्थित हुन समेत आदेश दिएको छ । निर्वाचनमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेद्बार प्रकाश अधिकारीलाई जबरजस्ती विजयी घोषणा गरिएको भन्दै सत्य तथ्य छानबिन गरी दोषीहरुलाई कडा कारवाही गर्न अध्यक्षका अर्का उम्मेदवार विष्णु बरालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

बराललले उक्त निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै आफूले उम्मेद्वार तथा उम्मेद्वारको प्रतिनिधिको स्वीकृति बिना निर्वाचनको मतपरिणाम नै सार्वजनिक नै नगराईदिन तथा सम्पूर्ण कागज एवम् मतपत्र सुरक्षित राखिदिनको लागि जिल्ला प्रशासन काठमाडौंमा समेत बोधार्थ गरि निवेदन दर्ता गराएको बताए ।

अध्यक्षका उम्मेदवार बरालका अनुसार १ हजार ३ सय ५० मतपत्र जारी गरिएको थियो तर त्यसमा ८५ मतपत्र फिर्ता आएको थियो । जसमा कुल १ हजार २ सय ३५ मत मतदान भएको भनि मुचुल्का समेत भएको तर मतगणना गर्दा १ हजार २ सय ८४ मतगणना भएको देखिएकोले ४९ मत कहाँबाट घुसाइयो त्यसको स्रोत के हो भन्दै निर्वाचनमा षड्यन्त्र तथा धाँधली भएको बरालको आरोप छ । नेपाल जेसीजनको ४३ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २५ गतेदेखि २९ गतेसम्म धापासीमा भएको थियो ।

बर्ष २०१५ का राष्ट्रिय अध्यक्ष बनेका जगत पोखरेलले नक्कली नागरिता पेश गरी उमेर ढाटेको प्रमाणित भएपछि गतबर्ष उनलाई अध्यक्ष पदबाट बर्खास्त गरिएको थियो भने नेपाल जेसीज जेसीआइको अन्तराष्ट्रिय कार्वाहीमा परेको थियो । यदपी कार्वाही अझै फुकुवा भएको छैन । जेसीजमा १८ देखि ४० बर्षभित्र उमेरका ब्यक्ति मात्र सदस्य रहन पाउने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ