सरकारद्धारा ४ जना सचिवको सरुवा , पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यबारे छलफल

सरकारद्धारा ४ जना सचिवको सरुवा , पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यबारे छलफल

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,७ पुस ।
सरकारले आज बिभिन्न मन्त्रालयका ४ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा ल्याएर प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा पठाएको छ ।

यस्तै भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै आजको बैठकमा राजनीतिक गतिरोधको अन्त्य गर्ने विषयमा पनि छलफल हुनुका साथै पूर्व राजा ज्ञानेन्द्रले निकालेको वक्तव्यका बारेमा छलफल भएको थियो ।

बैठकमा अहिले संविधान संशोधन, संघीयता र संविधान कार्यान्वयन प्रक्रिया नै रोकिएकोमा मन्त्रीहरुले गम्भीर चासो व्यक्त गर्नुका साथै यही समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि वक्तव्य निकाल्नु अर्थपूर्ण भएको टिप्पणी गरेका थिए ।

बैठकमा सबै समस्याको समाधानको लागि सबै दलहरु मिलेर जानु पर्नेबारेमा समेत कुरा उठेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ