संसद बैठक १० गते सम्मका लागि स्थगित

संसद बैठक १० गते सम्मका लागि स्थगित

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ पुस ७ ।

प्रमुख राजनीतिक दलहरुविच संविधान संशोधनको विषयमा सहमति हुन नसक्नदा ब्यावस्थापिका संसदको बैठक आजपनि स्थगीत भएको छ ।

आजको लागि बोलाइएको बैठक सूचना टासेर आगामी पुस १० गते दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दलले आज पनि बैठक अबरोध जारी राख्ने बताएपछि सभामुख ओनसरी घर्तीले सूचना टाँसेर बैठक स्थगित गर्नुभएको संसदका सहायक प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

गत सोमबारको बैठकमा निर्वाचन र संविधान संशोधन विधेयकलाई कार्यसूचिमा राखे पछि प्रमुख प्रतिपक्षी एमाले सहित ८ दल थप रुष्ट बनेका छन् ।

राजनीतिक सहमतिका लागि भन्दै बैठक स्थगित हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयकसमेत अगाडि बढ्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ