काठमाडौं, पुस ७।
काठमाडौंको गौशालामा रहेको वनकालीमा एक जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् ।
हत्या हुनेमा सुनसरीका १९ वर्षका सोनाम तामाङ रहेका छन् । गएराति धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका तामाङ्गको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाटै बौद्ध बस्ने १८ वर्षका विजय गुरुङ घाइते भएका छन् । उनको केएमसी अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
हत्यामा संलग्न व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline