संसद बैठक आज बस्दै, अवरोध गर्ने एमालेको तयारी

संसद बैठक आज बस्दै, अवरोध गर्ने एमालेको तयारी

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ पुस ७ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गराए पति प्रमुख प्रतिपक्षी दल एमालेले लगातार सदन सात पटक सम्म अवरुद्ध गरिसकेको छ । एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ ।

लगातारको सदन अवरोधका कारण संविधान संशोधन विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल समेत अलमलमा परेको छ ।

प्रधानमन्त्री तथा सभामुखले संसदमा उत्पन्न गरिरोध अन्त्यका लािग पहल गरे तापनि दलहरुका आ आफ्नै अडानका कारण सम्भव हुन सकेको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ