पुष ७ वालिङ । भन्न त अहिले मान्छेले मान्छेलाई प्रेम गर्ने जमाना हरायो भनिन्छ , प्रेम यदी केही छ भने स्वार्थका लागि छ ।
तर साचो प्रेम मानिसले आफूसगँ सम्बन्ध राख्ने मानिस मात्र हैन जनावारलाई पनि उत्तिकै गर्ने उदाहरण धेरै देखिन्छ ।
पछिल्लो समय बुधबार स्याङजामा यस्तै देखियो । सदरमुकाममा बुधबार एउटा प्रिय कुकुरको मृत्यु भयो । त्यस पछि त्यसलाई भावुक हुदै स्थानीयले मानिसलाई जस्तै परम्परागत तरीकाले चितामा पुर्याए । मलामी गए र अन्त्यष्टी गरे ।
आधीखोला निकारमा गएका २२ जना मलामीले कुकुरका लागि चिहान तयार पार्यो । त्यसैमा कुकुरालाई पुरेर श्रदाञ्जली दिएर उनीहरु फर्किए । सेते नामको कुकुर बुधबार बिहान मृत फेला परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

