काठमाण्डौ ,७ मंसिर ।
अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेको मुद्धामा आज सुनुवाई हुदैछ ।
सर्बोच्व अदालतमा आज कार्कीको योग्यताबारे पुनरावलोकनको आदेश भएकोे मुद्धामा सुनुवाई हुन लागेको हो ।
कार्कीको नियुत्तिलाई सदर गर्ने अघिल्लो निर्णयमा कानुनी त्रुटि रहेको औल्याउदै सर्वोच्वले गत भदौ ३१ मा पुनरावलोकन गर्न आदेश दिएको थियो ।
गत मंसिर १६ मा मुद्धाको पेसी तोकिएपनि कार्की पक्षका वरिष्ठ अधिवक्त बालकृष्ण नेउपानेले बिरामि भएको कारण देखाई पेसी स्थगित गर्न निवेदन दिएपछि अर्को पटक सार्न नमिल्नेगरी आजका लागि पेसी तोकेको थियो ।
आज कार्कीको योग्यताका सन्दर्भमा मुख्य तया तीन बिबादमा आज सर्वोच्वमा दुबैतर्फका कानुन व्यावसायीहरुले बहस गर्ने छन् ।
कार्कीको २० बर्षे अनुभवसँग जोडिएको योग्यता , उहामाथि तत्कालिन अवस्थामा चलिरहेको प्रशासनिक कार्वाहि र उच्च चरित्रसम्बन्धी योग्यताका बिषयमा पक्ष बिपक्षमा बहस हुनेछ ।