काठमान्डौ पुस ७ ।
आज देखि धरानमा सातौ राष्टिय खेलकुद अन्तर्गत पुरुष फुटबल सुरु हुदै छ । खेल धरानको एन्फा टेक्निकल सेन्टरको मैदानामा हुने छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले सहभागिता जनाउदै छन् । खेल लिग कम नक आउटका आधारमा खेलाइने छ ।
समूह क मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यामञ्चल तथा समूह ख एपीएफ, मध्यपश्चिमाञ्चल , सुदुरपश्चिमाञ्चल र आर्मी रहेका छन् ।
यस्तै समूह विजेता र उपविजेता सिधै सेमिफाइनलमा पुग्नेछन् । पहिलो दिन आज समूह क का दुइ लिग खेल हुने छन् ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा प्रहरी र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्ने छन् भने दोस्रो खेलमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल भिड्ने छन् ।
प्रतियोगिताको फाइनल खेल अन्तिम दिन आगामी पुस १५ गते हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline