हेर्दामात्र नक्कली’सरस्वती लामा ?

हेर्दामात्र नक्कली’सरस्वती लामा ?

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

६पाैष ,काठमाडौं,    ।  नेपाली संगीतप्रेमी श्रोता तथा दर्शकले सुनेकै हुनुपर्छ, ‘उडि जाने हावाले…’ यसै गीतमार्फत चर्चाको शिखर चुमेकी गायिका सरस्वती लामा ‘यो छोरीलाई हेर्दामात्र नक्कली’ भन्दै आएकी छन् । ‘उडि जाने हावाले…’ बोलको आफ्नो गीतको भिडियोमा आइटम नम्बर दिएर एक कुसल नृत्यांगनाको समेत परिचय बनाएकी सरस्वतीले आफ्नो पछिल्लो एल्बम ‘उर्वसी’ मा समोवेश ‘यो छोरीलाई हेर्दामात्र नक्कली’ बोलको गीतमार्फत आफूलाई सज्जन सावित गर्न खोजैकी छन् ।

एल्बम ‘उर्वसी’ को गएको शुक्रबार राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको थियो ।
एल्बम विमोचनसँगै ‘यो छोरीलाई हेर्दामात्र नक्कली’ गीतको भिडियो सार्वजनिक गरिएको पनि जानकारी गराइएको हो । यो गीतको भिडियो अहिले यु–ट्युबमा हेर्न सकिन्छ । भिडियोमा गायिका सरस्वतीकै अभिनय रहेको छ । भिडियोमा उनलाई युपिएस र सिनेमा गु्रपले साथ दिएका छन् । अघिल्लो आफ्नो भिडियो डान्सरका रुपमा देखिएकी सरस्वतीलाई यसपटक रक गायिकाको अवतारमा प्रस्तुत भएकी छन् ।
विमोचित एल्बम ‘उर्वसी’ जम्मा पाँच वटा गीत समावेस छन् । शीर्ष गीत ‘उर्वसी’ को शब्दरचना संचारकर्मी कृष्ण केसीले गरेका छन् । सो गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

त्यस्तैै, एल्बमको खाली छ खाली छ गीतमा नरेश भटट्टराईको शब्द र संगीत हरि लम्सालको छ भने कुर्ता सुरवाल लाउँकी भन्ने बोलको गीतमा डिम्पल लिम्बूको शब्द र शान्तिराम राईले संगीत रहेको छ । भादगाउँले टोपीको शब्द र संगीत दुवै बसन्त सापकोटाले गरेका हुन् भने प्रस्तुत भिडियो ‘यो छोरीलाई हेर्दा मात्रै नक्कली’ को शब्द भीम राई र संगीत स्पंदन राईले गरेका हुन् । आफ्नो अघिल्लो एल्बम ‘उत्तर–पूर्व’का का गीत जस्तै ‘उर्वसी’लाई पनि श्रोता तथा दर्शकले रुचाउनेमा सरस्वती विश्वस्त छिन् । ‘निकै मिहिनेत गरेर यो एल्बम तयार गरेकी हुँ’ उनले भनिन्, ‘एल्बममा सबै प्रकारका गीत समेट्न प्रयास गरेकी छु ।’

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी