रुपन्देही पुष ६ । गोली हानी हत्या गरिएका रुपन्देही एमाले युवा संघका अध्यक्ष दुर्गा तिवारीको आज वुटवलमा शब यात्रा निकालिएको छ ।
शव यात्रामा ठूलो संख्यामा एमाले कार्यकर्ता र स्थानीयको सहभागीता देखिएको थियो ।
तिवारीको हत्यारा अझै पक्राउ पर्न सकेको छैन । प्रहरीले आशकामा पक्राउ गरेका व्यक्ति अभियुक्त हो होईन भनेर पहिचान हुन सकेको छैन । तिवारीलाई सोमबार गोली प्रहार गरिएको थियो ।
मलेशियामा रहेका मनोज पुन नामका व्यक्तिले मैले हत्या गरेको भन्दै टेलिफोन गरेर धम्क्याएको विषय समेत सार्वजनिक भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline