नरेन्द्र मेचेले काकडभिट्टा गोल्डकपका लागि २ लाख प्रायोजन गर्ने

नरेन्द्र मेचेले काकडभिट्टा गोल्डकपका लागि २ लाख प्रायोजन गर्ने

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काँकरभिट्टा,पुष ६ । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको दोस्रो पुरस्कार राशी नगद २ लाख समाजसेवी नरेन्द्र मेचेले प्रायोजन गर्ने भएका छन् ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको कार्यालयमा प्रतियोगिताको तयारी बारे मङ्गलबार आयोजित छलफल कार्यक्रममा समाजसेवी मेचेले यस्तो घोषणा गरेका हुन् ।
त्यसक्रममा पुरस्कार राशी सौजन्य गर्ने धाइजन गाविस ३ निवासी समाजसेवी मेचे र काँकरभिट्टा फुटबल टेनिङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतबीच पुरस्कार राशी सौजन्य गरिएको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
त्यस्तै काँकरभिट्टाका युवा समाजसेवी बालकृष्ण थापाले ३० हजार रुपैयाँ मुल्य बराबरको शिल्ड तथा टफी उपलब्ध गराउने घोषणा गरेका छन् ।
सो प्रतियोगिता अन्र्तगत प्रत्येक खेलको म्यान अफ द म्याच नगद ५ हजार रुपैयाँ बराबरको पुरस्कार मुख्य प्रायोजक समेत रहेको मेची नेत्रालयले प्रदान गर्ने भएको छ ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने वेष्ट प्लेयर अफ द टुर्नामेन्ट २५ हजार रुपैयाँ बराबरको नगद पुरस्कार स्थानीय ब्यवसायी सजित तामाङले, प्रतियोगिता अवधिभरको हाइ स्कोररलाई १५ हजार रुपैयाँ बराबरको पुरस्कार भद्रमाया बस्नेतले, वेष्ट गोल किप्परलाई १० हजार रुपैयाँ बराबरको पुरस्कार स्थानीय वी क्यान क्लवले प्रदान गर्ने भएका छन् ।
त्यसैगरी राइजिङ प्लेयरलाई ५ हजार रुपैयाँ बराबरको पुरस्कार मनोज थापाले, प्रत्येक खेलको टिकटमा लक्की ड्रमार्फत एक थान माइक्रोम्याक्स मोवाइल मेरो मोवाइलका प्रोपाइटर पवन खतिवडाले प्रदान गर्नेछन् ।
यहि पुस १६ देखि २३ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय र सह प्रायोजकमा मेची बस ब्यवसायी संघ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ