एमालेका पछि लागेर आन्दोलन नगर्न काग्रेस नेता कार्यकर्तालाई निधिको आग्रह

एमालेका पछि लागेर आन्दोलन नगर्न काग्रेस नेता कार्यकर्तालाई निधिको आग्रह

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

गुल्मी, पुस ६ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले एमाले संघीयताविरोधी पार्टी भएकैले झुटको खेती गरिरहेकाले उसको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

गुल्मीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री निधिले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोध नगर्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एमालेको पछि लागेर पार्टीको निर्णयविपरीत आन्दोलनमा नलाग्न आग्रह गर्दै उहाले आफ्नो स्वार्थ अनुरुप एमालेले झुटको खेती गरेको बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै रक्षामन्त्री बालकृष्ण खाँणले सीमांकन संशोधनप्रति जनताको असहमति आउनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभयो ।
पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट हटाउनु पनि जनताकै हितका लागि भएको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ