काभ्रेकी लक्ष्मी परियारको मलमूत्र खुवाइ कुटपिटकै कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक

काभ्रेकी लक्ष्मी परियारको मलमूत्र खुवाइ कुटपिटकै कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, पुस ६ ।

दलित एकता सञ्जाल नेपालले काभ्रेको सानोवाङ्थलीकी लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

सञ्जालले आज राजधानीमा पत्रकार सम्मेलन गरी बोक्सीको आरोप लगाएर लक्ष्मी परियारलाई मलमूत्र खुवाउने र कुटपिट गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो ।

यस्तै सञ्जालले जाहेरीमा झूटा विवरण लेख्न लगाउने प्रहरीका साथै घटनामा प्रत्यक्षदशी भएरपनि पीडितलाई छुटाउन कुनै पहल नगर्ने करिब दुई दर्जनको समूहको पहिचान गरी सार्वजनिक गर्न तथा उनीहरुमाथि पनि कारबाही चलाउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा परिवारको हत्यकाण्डबारे संयुक्त दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिहरु सहितको टोलीले गरेको अध्ययनको प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन टोलीका अगुवा हस्तबहादुर विकले स्थलगत अनुसन्धानमा प्रहरी हिरासतमा रहेका मृतकका पति मिलन परियार निर्दोष देखिएको भन्दै उनलाई यथाशीघ्र रिहा गर्न पनि माग गर्नुभयो ।

प्रतिवेदनअनुसार लक्ष्मी परियारलाई गत मंसिर २० गते स्थानीय सूर्योदय माध्यामिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र उनकी आमा काइँलीमाया लामालगायतले मलमूत्र खुवाइ कुटपिट गरेको र सोही कारण मंसिर २४ गते लक्ष्मीको मृत्यु भएको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ