काठमाण्डौ ,पुस ६ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले युद्धलाई शान्तिमा रुपान्तरण गर्न एमालेले बाध्य भएर संघीयता स्विकार गरेको बताउनु भएको छ ।
काठमाडौमा आज आयोजित एक अन्तरक्रियामा उहाँले माओवादी युद्ध शान्तिमा रुपान्तरण गर्न बाध्य भएर संघीयता स्वीकार गर्नु परेको बताउनु भयो ।
माओवादी युद्ध शान्तिमा रुपान्तरण भएपछि दिनहुँ हुने व्यक्ति हत्या रोकिएकोलाई आफूले उपलब्धीको रुपमा लिएको गौतमको भनाई छ ।
उहाले अहिले सरकारले ल्याएको संविधान संशोधन राष्ट्रिय हित र संवैधानिक व्यवस्था विपरित रहेको दाबी गर्दै स्वीकार गर्न नसकिने बताउनु भयो ।
संविधान संशोधन प्रस्ताव जनताको चाहना विपरित आएको भन्दै गौतमले त्यो कसैलाई पनि मान्य नहुनेमा पनि जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline