सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विराटनगरमा भब्य उद्घाटन हुने , १ हजार ३५ पदकमा प्रतिस्पर्धा

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विराटनगरमा भब्य उद्घाटन हुने , १ हजार ३५ पदकमा प्रतिस्पर्धा

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, पुस ६ ।

पूर्वाञ्चलमा आगामि पुस ८ गतेबाट सुरु हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक जाने क्रम सुरु भएको छ ।

विराटनगर स्थित शहिद रंगशालामा शुक्रबार भव्य समारोहकाबीच प्रतियोगिताका उद्घाटन हुनेछ । प्रतियोगिता उद्घाटनस्थल विराटनगर, समापनस्थल धरानसँगै अन्य शहरहरु ईटहरी, ईनरुवा, दमकलगायतका ठाउँमा प्रतियोगिताको तयारी सम्पन्न भईसकेको छ ।

प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश हुने प्रतियोगितामा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक रग्वी, डान्स स्पोर्ट्स, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । यस्तै गल्फ, आर्चरी, फेन्सिङ र स्नुकरका विजेताले पदक प्राप्त गर्ने छैनन् ।

खेलाडीहरुले २ सय ९४ स्वर्ण र समान २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकको लागि एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्रका तीन विभागीय टोली र पाँच विकास क्षेत्रले सहभागिता जनाउने छन् ।

सातौ राष्ट्रिय खेलकुदका सबैभन्दा बढी सुनसरीमा ११ खेल हुनेछन् भने मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा एक–एक खेल हुनेछ ।

प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले ११ करोडको बजेट माग गरे पनि अर्थ मन्त्रालयले भने ८ करोड मात्रै निकासा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ