सरकारले ल्याएको संशोधन विधेयक कुनैपनि हालतमा अघि बढ्न दिन्नौं : ओली

सरकारले ल्याएको संशोधन विधेयक कुनैपनि हालतमा अघि बढ्न दिन्नौं : ओली

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ६ पौष ।  

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा अघि बढ्न नदिने बताउनु भएको छ ।

आज बिहान आफ्नै निवास बालकोटमा पूर्व सांसद मञ्च नेपालका प्रतिनिधीहरुसँगको भेटमा उहाँले सरकारले चुनाव घोषणा गरेमा भने साथ दिने बताउनु भयो । उहाँले सरकार चुनाव नगराउने नियतबाट अघि बढेको आरोप समेत लगाउनु भएको छ ।

वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनु भएको भन्दै उहाँले केही दलको चहानालाई पूरा गर्न सरकारले आफ्नो अधिकार र कर्तव्य भुलिरहेको धारणा राख्नुभयो ।

भेटमा पूर्व सांसदहरुले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर मुलुकको समस्या समाधान गर्न सुझाव दिएका थिए । पूर्वसांसद मञ्चका अधयक्ष ओमकार श्रेष्ठले एमालेलाई आफ्नो अडानबाट पछि नहटी सरकारले ल्याएको संसोधन प्रस्तावलाई विफल पार्न आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ