काठमान्डौ पुस ६ ।
रुकुम सदरमुकाम मुसिकोटबाट प्रहरीले चार जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।
प्रहरीले आज हुकाम ४ बस्ने ४२ वर्षीया कमला घर्ती, रन मामईकोट ३ बस्ने ३२ वर्षीया खालमायाँ पुन सहित ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई मुसिकोट नगरपालिका–१ स्थित हिमालय होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
उनीहरुको साथबाट १ किलो चरेस समेत बरामद भएको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline