धुर्मस सुन्तलीले तेस्रोे एकीकृत बस्ती निर्माण गर्ने

धुर्मस सुन्तलीले तेस्रोे एकीकृत बस्ती निर्माण गर्ने

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ६ पौष ।  

कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

एक भिडियो सन्देश जारी गर्दै धुर्मस सुन्तली फाउन्डेसनले बर्दिबास– २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।

यसअघि पनि फाउन्डेसनले भूकम्पपीडितका लागि काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा एकीकृत नमुना वस्ती निर्माण गरेका थिए । धुर्मस सुन्तलीले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन अपील समेत गर्नुभएको छ ।

चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् । गत वर्ष धुर्मुस सुन्तलीले उक्त गाउँमा न्यानो वितरण समेत गरेका थिए ।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीका ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ