प्रत्येक बाबु-छोराले सिकिदिए पो, यस्तो पाठ !

प्रत्येक बाबु-छोराले सिकिदिए पो, यस्तो पाठ !

  • बुधबार, पुस ६, २०७३
  • - राजेन्द्र स्थापित

  • 25.7K
    SHARES

 

चिनियाा क्रान्तिनायक माओले चारपटक बिहे गरे, १० सन्तानको बाबु बने तर तीमध्ये दुई छोरा र दुई छोरी मात्र बााचे । जीवित छोराहरु माओ आन्यिङ र माओ आन्छिङ दोस्री पत्नी याङ काइहुइका सन्तान हुन् । छोरी जियाओ जियाओ उर्फ लिन मिनकी आमा हे छिछेन थिइन् भने ली नाकी आमा चियाङ चिङ ।
याङ काइहुइलाई कोमिन्ताङ सरकारले सन् १९३० को नोभेम्बर ४ मा चाङ्सा शहरको लिउयाङ गेट बाहिर फाासी दियो । सागै पक्राउ परेका छोरा आन्यिङ र धाइआमा छन् युयिङ स्थानीय प्रतिष्ठित व्यक्तिहरुको जमानीमा छुटे । त्यसबेला आन्यिङ ८ वर्षका थिए । सांघाईर्मा कम्युनिष्ट पार्टीको भूमिगत काममा खट्दै आएका माहिला काका माओ जेमिनले सन् १९३१ मा भतिजलाई सांघाईर् लगे । त्यहीं पढाए तर वर्षदिन नबित्दै माओ जेमिन परिवारले सांघाईर् छाड्नुपर्‍यो । आन्यिङको हेरचाह पार्टीले गर्न थाल्यो । केही समयपछि संयोगवश दुई दाजुभाइ आन्यिङ र आन्छिङले पाउरोटी कारखानामा काम पाए । उनीहरु त्यहाा मालिकद्वारा सरापिन्थे, पिटिन्थे, तलब पनि कम थियो । एकदिन दुवै काम छाडेर भागे र पत्रिका बेच्ने, थोत्रा सामान टिप्ने र ठेलागाडा चलाउने गर्न थाले । आन्यिङ पुस्तक पढ्न रुचाउाथे । एकदिन पसलमा शब्दकोष देखे र त्यसप्रति रहर देखाए तर किन्ने पैसा थिएन । दाजुभाइले शब्दकोष खरिद गर्न तीन महिनासम्म बिहान भातै नखाइकन पैसा जम्मा पारे ।
सन् १९३६ मा कम्युनिष्ट पार्टीले सांघाईमा धुइपत्ताल खोज्यो । त्यसबेला जापानी साम्राज्यवादीसाग लड्न कम्युनिष्ट पार्टी र कोमिन्ताङ दोस्रोपटक मिल्न पुगेका थिए । कोमिन्ताङको सेनापति लि तु युरोप भ्रमणमा जान लागेको थाहा पाएपछि आन्यिङ र आन्छिङलाई प|mान्स लान कम्युनिष्ट नेताहरुले आग्रह गरे । जुलाईको अन्ततिर उनीहरु प|mान्सको बन्दरगाह पुगे । त्यहााबाट पेरिस र ६ महिनापछि मस्को पुगे । स्कुले जीवन शुरु गरे । आवश्यक हेरचाह र स्याहारसुसार उपचारार्थ मस्कोमा रहेकी कान्छीआमा हे छिछेनले गरिन् । क्रान्तिमा व्यस्त माओ पत्र तथा उपहारमार्फत छोराहरुसित भेट्थे । सन् १९३८ मा सोभियत संघबाट फर्केका एक मित्रले आन्यिङ र आन्छिङको फोटो देखाए । फोटो हेर्दै माओले आाशु झारे । त्यसैगरी सन् १९३९ मा सोभियत संघ जान लागेका अर्को मित्रलाई दिन छोराहरुको नाउामा पत्र लेखे । एक महिनासम्म पनि छोराहरुले जवाफ नपठाएपछि अर्को पत्र लेखे । पत्र र एउटा फोटो मस्को जान लागेका अर्का मित्रलाई सुम्पे । पत्रमा अघिल्लो पत्र आउनासाथ जवाफ नपठाएकोमा रोष प्रकट गर्दै व्यग्रताका साथ प्रत्युत्तर पर्खी बसेको उल्लेख थियो । त्यसपछि भने बाबु-छोराहरुबीच नियमित पत्राचार हुन थाल्यो । सन् १९४१ को जनवरी ३१ मा माओले लामो पत्र लेखे । पत्रसागै ६० वटा पुस्तक पनि पठाइदिए । ती पुस्तक आफूलगायत अरु साथीलाई पनि पढ्न दिनू भने । पछिल्लो पुस्तक लिन प्याओको हातमा पठाइदिएका थिए ।
सन् १९४१ को अन्त्यमा सोभियत कम्युनिष्ट पार्टीले १६ वर्षमाथिका विदेशीहरुले पनि नागरिकता लिउन् भन्ने अपेक्षा गर्‍यो । आन्यिङ १९ वर्ष पुगिसकेका थिए । जब यो कुरो उनलाई भनियो, तब यसरी जवाफ दिए, म चिनियाा हुा । आˆनो देशलाई माया गर्छु । एउटा बोलावट आउनासाथ आˆनो देश र्फकनुपर्छ । तसर्थ रुसी नागरिकता लिन उचित ठान्दिना ।’ यद्यपि उनी सोभियत संघलाई प्रेम गर्थे, संकुचित राष्ट्रवादमा विश्वास गर्दैनथे । सन् १९४१ को जुन २२ मा जर्मनीले रुसमाथि आक्रमण गरेपछि क्रुद्ध बने । विपत्तिमा परेको मुलुकलाई कसरी योगदान दिन सकिन्छ भन्ने सोचेर स्टालिनको नाउमा पत्र लेखे ।
आदरणीय कमरेड स्टालिन,
सर्वोच्च सेनापति विभाग ।
म साधारण चिनियाा युवक हुा । पााच वर्षदेखि तपाईंले नेतृत्व गरिरहनुभएको मुलुकमा अध्ययनरत छु । सोभियत संघलाई आˆनो देशजत्तिकै माया गर्छु । फासिस्ट जर्मनीले तपाईंहरुको सीमा कुल्चिादै गरेको देखें । हजारौं हजार सोभियत जनताको हत्याको बदला लिन चाहन्छु । दृढ प्रतिज्ञासहित आˆनो यो अभिलाषा प्रकट गर्दैछु कि मलाई सेनामा भर्ती हुने मन छ । कृपया मेरो सदिच्छा अस्वीकृत नहोस् । तपाईंलाई मेरो क्रान्तिकारी अभिवादन Û
– माओ आन्यिङ -माओत्सेतुङका छोरा)’
आन्यिङले केही दिन जवाफ पर्खे तर तुरुन्तै धैर्यता गुमाएर दशौं दिनमा अर्काे पत्र लेखे । लगातार तीनवटा पत्र लेख्दा पनि जवाफ नआएपछि निराश बने । एकदिन जर्नेल मनुयार्कसीलाई भेट्न गए र सेनामा भर्ना भए । सोभियत कम्युनिष्ट पार्टीको सदस्यता लिए । आवश्यक तालिमपछि पोल्याण्डलगायत पूर्वी युरोपेली देशमा खटिए । विश्वयुद्धपछि भने स्टालिन आफैंले आन्यिङसाग भेटेर सोभियत सीमाको रक्षा गरेबापत भन्दै एउटा पिस्तोल उपहार दिए । सन् १९४६ मा आन्यिङ चीनको येनान पुगे । त्यहीं १९ वर्षपछि बाबुछोराको भेट भयो । माओले पत्नी याङ काइहुईलाई अन्तिम बिदाइ गर्दा आन्यिङ पााच वर्षका थिए । २४ वषर्ीय आन्यिङ माओभन्दा अग्ला थिए । दुवैले १९ वर्षमा भए-गरेका काम र भोगाइ साटासाट गरे ।

माओले भने, ँतिमी सोभियत संघमा हुर्कियौ, त्यहींको विश्वविद्यालयमा पढ्यौ तर आˆनो देशमा जिउन तिमीमा पर्याप्त अनुकूलता छैन । तिमीले सोभियत संघको पश्चिमा शैलीको स्कुलमा अध्ययन गर्‍यौ तर हाम्रो देशमा त्यस्ता पनि स्कुल छन्, जसको नाम हो- कृषि र श्रम कलेज ।’ आन्यिङले आफू चीनबारे अनभिज्ञ रहेको स्वीकारे । किसानहरुबाट सिक्न तयार रहेको बताए । कुराकानीकै क्रममा माओले कन्ˆयुसियसको एउटा कथा सुनाए । एकपटक चेलाले गुरु कन्ˆयुसियससाग सोधे, ँतपाईं कहिलेसम्म जमिन जोत्नुहुन्छ ?’ कन्ˆयुसियसले जवाफ दिए, ँजबसम्म किसानसरह हुन्ना ।’ चेलाले फेरि सोधे, ँकहिलेसम्म सागपात उब्जाउनुहुन्छ ?’ उत्तरमा उनले भने, ँजबसम्म म मालीसमान भइसकेको हुन्न ।’

माओले भन्दै गए ँमस्कोमा तिमी राम्ररी सुत्थ्यौ । एक व्यक्ति एक ओछ्यानमा । तिमीले यहाा -येनान) गुन्द्रीमा, त्यो पनि समूहमा सुत्नुपर्छ । धन्दा नमान, त्यहाा आगो पनि हुन्छ । सर्वसाधारण मानिसको लुगाफाटोमा जुम्रा, उपियाा पनि हुन्छ ।’ दुई दिनपछि नजिकै गाउाले किसानसित परिचय गराइदिए । अनि छोरालाई भने, ँउहाा तिम्रो प्राचार्य हुनुहुन्छ । तिमी पाउरोटी र दूध खान अभ्यस्त छौ तर यहाा ढिाडो मात्र खान पाउाछौ ।’ माओले फेरि किसानतर्फ फर्केर भने, ँमैले तपाईंका लागि एउटा चेला ल्याइदिएको छु । उसले विदेशको क्याम्पसमा पढेको त छ तर स्वदेशी कलेजमा पढेको छैन ।’ माओको कुरो सुनेर किसान एकछिन जिल्ल पर्‍यो । सोध्यो, ँहाम्रो कुन कलेज छ र त्यस्तो ? कुरो बुझिना ।’ माओले व्याख्या गरे, ँमेरो अर्थ ऊ अहिले बच्चै छ । म आˆनो छोरालाई तपाईंको निगरानीमा छोड्न चाहन्छु । उसलाई जमीन जोताउनु छ भने पनि जोताउनुस् । अन्नको दाना रोप्न, काट्न सबै सिकाउनुस् ।’ किसानले बल्ल माओको आशय बुझे अनि चूप लागे । एकदिन आन्यिङ बिहान सबेरै उठेर १५ मिल टाढाको नमूना कृषि क्षेत्र जान तम्सिए । ठीक त्यसैबेला माओ पनि आइपुगे । छोराको कााधमा थोत्रो लाम्कोट राखिदिए । अघिल्लो दिन एकजोर पुरानो जुत्ता पठाइसकेका थिए । आन्यिङ सानो गुण्टा, सानो झोला र सुकेको खरबुजाको बियाा बोकेर हिाडे । माओ पनि छोरासाग केही परसम्म हिाडे । बाटोमा छोराको कााधमा हात राख्दै भने, ँतिमीले किसानहरुसागै खान, सुत्न र काम गर्न थाल्नुपर्छ । रोपाईंदेखि बाली नकाटेसम्म सागै बस्नू ।’

दुई महिना नबित्दै कोमिन्ताङ सेनाले येनानमा आक्रमण गर्‍यो । परिस्थिति गम्भीर, भयावह र प्रतिकूल बनेपछि नमूना कृषिका अगुवा किसान आन्यिङलाई लिएर माओलाई भेट्न गए । माओले घुरेर छोरालाई हेरे किनभने उनीहरु दुवैजना उत्तरी सान्सीप्रान्तका किसानको भेषमा थिए । किसानले माओलाई भने, ँतपाईंको छोराले जमिन सम्याउन, जोत्न, बिरुवा हुर्काउन, रोपाइा गर्न सिकिसके । खाली समयमा किसानका छोराछोरीलाई बटुलेर राजनीति र संस्कृतिबारे प्रवचन दिन्छन् । दाउरा खोज्न, शहीदको परिवारलाई मद्दत गर्न पोख्त भएका छन् । मेरो अर्थ उनले कृषि र श्रम कलेज उत्तीर्ण गरिसके ।’ कुरा सुनेर माओ अत्यन्त खुशी भए । छोरासाग हात मिलाए । हातमा उठेका ठेला हेरे र सन्तोषपूर्वक भने, ँयो किसान र श्रम कलेजको स्नातक उपाधि हो ।’ त्यसपछि बल्ल आन्यिङलाई कम्युनिष्ट पार्टीको प्रचार विभागमा लगाइयो । सन् १९४७ को मार्चमा माओले आन्यिङलाई सान्सी र हेपेइलगायत क्षेत्रको भूमिसुधार आन्दोलनमा सहभागी हुन भने । आन्यिङले पनि इमान्दारीपूर्वक बाबुको आज्ञा पालन गरे । पत्रमार्फत प्राप्त अनुभवको जानकारी गराए ।
सन् १९४८ को मेमा माओ सिपाइपा गए । बाबु र छोराको बल्ल पुनर्मिलन भयो । त्यसबेला सान्दोङको पोहारीमा भूमिसुधार आन्दोलन सकिएको मात्र थियो । त्यहाा आन्यिङले पार्टी प्रचार विभागको सहायक सम्पादक भई कार्य गरेका थिए । सोहीक्रममा काओ पाओहृवासाग मिलेर एंगेल्स र लेनिनका कतिपय लेख अनुवाद गरे । माओकी कान्छी पत्नी चियाङ चिङ सौतेनी छोराछोरीलाई माया गर्दिन थिइन् । तर, सोभियत संघबाट फर्केपछि भने आन्यिङलाई राम्रो व्यवहार गर्न थालिन् । येनान विश्वविद्यालयकी छात्रा सुश्री फुलाई चिन्थिन् । एकदिन राति खान बोलाइन् ।

आन्यिङसाग परिचय गराइदिइन् । फु फर्केपछि आन्यिङसित फुको बारेमा सोधिन् । माओलाई पनि आन्यिङ र फुको जोडी मिलाइदिने बताइन् तर माओले यति महत्त्वपूर्ण काम हतारमा नगर्न भने । माओले छोरासाग कुराकानी गरे । छोराले फुको सुन्दरताको तारिफ गरेपछि माओले भने, ँसुन्दरता र भलाद्मीपनबाहेक फुको बारेमा तिमीलाई अरु के थाहा छ ? विवाहको प्रश्न तिम्रो सिंगो जीवनसित गाासिएको छ । यो सवाल हाम्रो क्रान्तिसित पनि सम्बन्धित छ । तिमी माओ त्सेतुङको छोरा मात्र होइनौ, उत्ताउलो नबन ।’ आन्यिङले बाबुको कुरा सुनि मात्र रहे । सुझाव मान्दै कोठाबाट निस्के । दुई महिनापछि आन्यिङले फुलाइ सााच्चै मन पराएको हो कि भन्ने माओलाई लाग्यो र फेरि कुरा गर्न तत्पर भए तर यसबीच फु बेइजिङ पुगिसकेकी थिइन् र पुग्नेबित्तिकै चिनियाा कम्युनिष्ट पार्टीको आलोचना गरी तीनवटा लेख स्थानीय पत्रिकामा छपाइन् । माओले यो कुरा थाहा पाएपछि छोरालाई बोलाएर भने, ँसौन्दर्य नै सम्पूर्ण कुरो होइन, विचारधारालाई पनि ख्याल गर्नुपर्छ भनेको त्यत्तिकै होइन ।’
सन् १९४८ मा सिपाइपामा भूमिसुधार अभियान सञ्चालन गर्ने क्रममा आन्यिङ सान्दोङ प्रान्तका पार्टी सचिवकी छोरी लिउ सिकीको प्रेममा परे । जनरल चु तेहकी श्रीमती काङ केछिङ र चाओ एनलाइकी श्रीमती देङ यिङचाओ आन्यिङलाई असाध्यै माया गर्थे । एकदिन उनीहरुले आन्यिङ र लिउको बिहे गराइदिन माओसाग अनुरोध गरे । माओ बोलेनन् । एकदिन माओ साहित्य पढ्न तल्लिन भइरहेको बेला आन्यिङ पुगेर ँकाङ काकीले मेरो र लिउको बारे केही कुरो भन्नुभा’थ्यो ?’ भनी सोधे । माओले ँहा’ मात्र भने । आन्यिङले स्वीकृति दिएको सम्झेर सोधे, ँत्यसो भए बिहेको तयारीमा लागौं ?’ माओले सोधे, ँलिउ १८ वर्षकी भइन् ?’ आन्यिङले भने, ँकेही महिना बााकी छ ।’ माओ ँएकदिन कम पनि हुादैन ।

मलाई फुर्सद छैन, तिमी जाऊ’ भन्दै पढ्नतिर लागे । काङले फेरि पनि आग्रह गरेपछि माओ लिउसाग भेट्न राजी भए । तर लिउलाई १८ वर्ष नपुग्दै बिहे नगर्न सल्लाह दिए । लिउले मानिन् र फर्किइन् । एकछिनपछि नै आन्यिङ माओको कोठामा प्रवेश गरे । भने, ँमैले बाबाले भनेको सबै कुरो मानेको छु तर म २७ वर्षको भएा । बिहे गरेर आˆनो अध्ययन र काममा केन्दि्रत हुन चाहन्छु ।’ माओले सोधे, ँके तिमी अहिल्यै बिहे गर्न सक्छौ त ?’ आन्यिङले भने, ँहामीले सबै बन्दोबस्त मिलाइसकेका छौं । दुई दिनपछि बिहे…।’ माओ रिसाएर भने, ँतिमी किन मेरो कुरो सुन्दैनौ ? म भन्दैछु अहिले बिहे नगर ।’ आन्यिङ पनि जिद्दी गर्न थाले, ँम आˆनो सवालमा स्वतन्त्र छु ।’ माओले फेरि भने, ँकोसाग बिहे गर्ने भन्ने कुरोमा तिमी स्वतन्त्र छौ तर विवाहयोग्य उमेरको प्रश्नमा तिमीलाई स्वतन्त्रता छैन । नीति र अनुशासन सबैको निम्ति एउटै छ । माओको छोरा हुादैमा नीति उल्लंघन गर्ने अधिकार तिमीमा छैन । लिउ १८ वर्ष नपुगेसम्म म तिमीलाई बिहेको अनुमति कुनै हालतमा दिन्ना, जाऊ ।’
आन्यिङले बाबुको कुुरामा चित्त बुझाएनन् । बर्बराउादै कोठाबाट निस्के । आागनमा आइपुग्दानपुग्दै रिंगटा लाग्यो, भुइामा पछारिए । माओका अंगरक्षकले बोकेर लगी बिछ्यौनामा सुताए । होशमा आएपछि कराउन र हातखुट्टा ˆयााक्न थाले । अंगरक्षक चियाङ चिङलाई भन्न गए तर चियाङले ँमलाई होइन, बाबुचाहिालाई नै भन्न जानू’ भनी हकारेर पठाइन् । माओले थाहा पाएपछि रिसाउादै लेखिरहेको कलम ˆयााकेर छोराकोमा पुगे । हपार्नुसम्म हपारे । आन्यिङ बर्बराउन छाडे । सुाक्साुकाउन थाले । रिसाउादै माओ पुनः आˆनो कोठामा पसे । यसपछि आन्यिङ र लिउले आपसमा सल्लाह गरेर पछि बिहे गर्ने निधो गरे । यो खबर सुनेर माओ पनि खुशी भए । त्यसपछि लिउले १८ वर्ष पूरा गरेपछि सन् १९४९ को अक्टोबर १५ मा माओले आˆनै निवासमा आन्यिङको बिहे लिउसित गराइदिए । सन् १९४५ मा गृहयुद्ध रोक्ने कुरा गर्न च्याङ काइसकेकोमा जाादा लगाएको लामो कोट उपहार दिादै भने, ँयो बाहेक उपहार दिन मसित अरु मूल्यवान वस्तु छैन । दिउासो लगाएर राति फुकाल्नुअघि दुवैजना यही ओढेर सुत्नू ।’
चीन मुक्त भएको एक वर्ष पनि नहुादै चिनियाा कम्युनिष्ट पार्टीले उत्तर कोरियाको सहयोगमा सेना पठाउने निर्णय गर्‍यो । आन्यिङले स्वयंसेवकको रुपमा आफू पनि जाने भन्दै निवेदन दिए । माओले जनरल पेङ तेहुइसागै कोरिया पठाइदिए । करिब एक महिनापछि सन् १९५० को नोभेम्बरमा उत्तर कोरियाको टोङचाङ ब्यारेकमा भएको बमबारीमा परी २८ वर्षको उमेरमा उनको निधन भयो । जनरल पेङले पठाएको टेलिग्राम पढ्दा माओ एकछिन टोलाएर बसे । आाखा रसायो तर आाशु खस्न दिएनन् । आन्यिङको लाश ल्याउने पार्टी निर्णयको विरोधमा उभिए । ल्याउने भए कोरिया युद्धमा मारिएका सबै चिनियाा सैनिकको ल्याउनू हैन भने माओको छोराको हैसियतमा आन्यिङको शव मात्र नल्याउन आदेश दिए ।

साभार जनआस्था साप्ताहिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी