सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चितवन, पुस ६ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम सापकोटाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ