काठमाडौं पुस ६ ।
सुनसरीको दुहवीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबल प्रतियोगितामा आज पनि दुइ खेल हुदै छन् ।
आज हुने पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा मध्यमाञ्चल र त्रिभुवन आर्मी भिड्ने छन् ।
यी दुवै टोलीको खेल सुनसरी स्थित टेलिकमको खेल मैदानमा दिउसो हुनेछ ।
यस अघि हिजो भएको खेलमा एपीएफ र मध्यमाञ्चल विजयी भएका छन् । एपीएफले सुदुरपश्चिमलाई ४ – १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३ – ० ले हराउदै तीन अंक सुरक्षित गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline