भरतपुर क्यान्सर अस्पतालमा चरम आर्थिक अनियमितता

भरतपुर क्यान्सर अस्पतालमा चरम आर्थिक अनियमितता

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं पुस ६ ।
भरतपुर क्यान्सर अस्पतालमा चरम आर्थिक अनियमितता भएको पाइएको छ । अस्पतालमा उपकरण खरिद, व्यवस्थापन लगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको हो ।

व्यवस्थापकीय हिसाबले अस्पताल अधाोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।

स्वास्थ्यमन्त्री गगन कुमार थापाले टोलीको प्रतिवेदन आउने वित्तिकै अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग गर्नु भएको थियो ।

छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोडौं रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अड्किएको जनाएको छ ।

समितिले चीन सरकारले सहयोगस्वरुप दिएको २७ करोडबराबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ।

छानबिन क्रममा खरिद भइसकेका उपकरण जडानका लागि ठाउँ उपलब्ध गराउन कार्यकारी निर्देशकसँग पत्राचार गरे पनि काम नभएको टोलीले भेटेको छ । टोलीले एक महिनाभित्रै यस्तो उपकरण जडान नगरे कार्यकारी निर्देशकलाई निलम्बन गर्न सुझावसमेत दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ