विप्लव , वैद्य र सिंह नेतृत्वको पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध विभिन्न कार्यक्रम गर्ने

विप्लव , वैद्य र सिंह नेतृत्वको पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध विभिन्न कार्यक्रम गर्ने

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पुष ५ काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्यनिस्ट पार्टी (माओवादी)का शिर्ष नेताहरुको वैठकले नेपालमा बढेको भारतीय हस्तक्षेप विरुद्ध विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठक पछि जारी विज्ञप्तिमा जनाईए अनुसार पौष १६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्ने ,    पौष २२ गते अपरकणाली परियोजना विरुद्ध सुर्खेतमा विशाल जनप्रदर्शन गर्ने निर्णय भएको छ ।
यसै गरी पौष २५ गते अरुण तेस्रो परियोजना विरुद्ध संखुवासभामा जनप्रदर्शन गर्ने ,     पौष २९ गते विरातनगरमा अनाधिकारिक रुपमा बसिरहेको भारतीय काउनसिलर कार्यालय विरुद्ध जनप्रदर्शन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लव, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य र नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले तीन पार्टीको बीच यस अघि नै सयुक्त कार्यगत एकता गर्ने सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ