राष्ट्रपतिबाट प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

राष्ट्रपतिबाट प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

  • मङ्लबार, पुस ५, २०७३
  • महेन्द्रराज सिंह

  • 7K
    SHARES

काठमाडौं,५ पुस ।

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारकार आज पत्रकारद्वय स्व.सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको छ ।

आज एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको सो पुरस्कार कार्यक्रममा स्वर्गीय पत्रकार सञ्जय न्यौपाने र कर्ण बोहराका परिवारलाई उक्त पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले पत्रकार न्यौपानेकी धर्मपत्नी राधिका अर्याल र बोहराकी धर्मपत्नी ममता बोहरालाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका पत्रकार न्यौपानेको गत कार्तिक २० गते र बोहराको मंसिर १० गते निधन भएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो ब्यावसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गर्दै शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।


सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको र त्यसमा पनि कठोर जीवन विताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनुपर्दा दुःख प्रकट गर्दै दिवंगत पत्रकारको योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसैबर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उहाँहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै असल पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा राख्नुहुँदै अध्यक्ष कार्कीले आर्थिक सहयोग र पहलका लागि सानिमा बैंकलाई धन्यबाद दिनुभयो । राम्रा काम गर्नेहरु मरणपछि पनि अमर र स्मरणीय रहने उहाँको धारणा थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । यसप्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ