सहुलियत दरमा रोमिङ सुविधा दिनेबारे टेलिकम र ओरिडु कतारबिच सम्झौता

सहुलियत दरमा रोमिङ सुविधा दिनेबारे टेलिकम र ओरिडु कतारबिच सम्झौता

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,५ पुस ।

नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar) बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् ।
गत मंसिर ३० गते (डिसेम्बर १५) कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र Ooredoo Qatar को तर्फबाट Acting CEO-OGS Mr. Khalid Al Mansouri ले हस्ताक्षर गर्नुभएको छ ।
आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र Ooredoo Qatar बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।


सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं Ooredoo Qatar  का बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी