जनजाति महासंघको अध्यक्षमा बराम र भुजेलको उम्मेद्वारी

जनजाति महासंघको अध्यक्षमा बराम र भुजेलको उम्मेद्वारी

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चितवन ,५ पुस ।

नेपाल आदीबासी जनजाति महासंघको भावि अध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ ।

चितवनमा जारी नवौं राष्ट्रिय महाधिबेशन अन्तरगत अपरान्ह सुरु निर्वाचन प्रक्रिया अनुसार जगत बहादुर बराम र सूर्य बहादुर भुजेलले महासंघको आगामी अध्यक्षमा उम्मेद्धवारी दिनुभएको हो । बराम काग्रेस निकट र भुजेल नेकपा एमाले निकट हुनुहुन्छ ।

अध्यक्षका प्रत्यासी बराम कोषध्यक्ष र भुजेल महासंघमा उपाध्यक्ष हुनुहुन्छ । १ जना महासचिवका लागि नित्य नन्द ताजपुरिया र टासी लामाले उम्मेद्वारी दिनुभएको छ ।

कोषाध्यक्ष १ पदका लागि मुकुन्द पहरीको उम्मेद्वारी परेको महासंघका उपाध्यक्ष एवं प्रचारप्रसार उप समिति संयोजक डण्डु शेर्पाले बताउनुभयो ।

नौ नौ जना उपाध्यक्ष र सचिव पदका लागि परेको छ । संशोधित नयाँ विधान अनुसार २१ जना पदाधिकारी सम्मिलित सचिवालयमा १ अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना कोषाध्यक्ष र ९ जना सचिव रहने छन् ।
शनिवार सुरु महाधिवेशन हिजो सक्ने तयारी भएपनि राजनीतिक हस्तक्षेपका कारण प्रक्रिया लम्बिएको सहभागीले गुनासो गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ