आईसीसीको कदमले क्रिकेटको बिबाद समाधान हुदैन

आईसीसीको कदमले क्रिकेटको बिबाद समाधान हुदैन

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,५ मंसिर ।
आईसीसीले आफुसंग समन्वय नगरि क्रिकेट विवाद समाधान गर्ने प्रयानस सुरु गरेको भन्दै निवार्चित भनिएको चतुरबहादुर चन्द नेतृत्वको नेपाल क्रिकेट संघ क्यानले त्यस्तो कार्य मान्य नहुने चेतावनी दिएको छ ।

काठमाण्डौमा आज साधारण सभा गरेर चन्द पक्षले आईसीसीले गठन गरेको सल्लाहकार कमिटिले विवाद समाधन नहुने निष्कर्श निकालेको छ ।

विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समुहसंग समन्वय गरेर आफुहरु काम गर्न हेको अवस्थामा निर्वा्चित कमिटिलाई बाईपास गरेर क्रिकेट विवाद समाधान हुन नसक्ने सो पक्षले जनाएको छ ।

आईसीसीले बनाएको सल्लाहकार समुहमा असन्तुष्टि जनाउदै निर्वा्चित कमिटिले आफ्ना प्रतिनिधी नपठाउने निर्णय गरेको थियो । चन्द नेतृत्वको निर्वा्चित कमिटिलाई राष्ट्रिय खेलकुद परिषदले अवैधानिक भन्दै रमेश सिलावलको नेतृत्वमा तर्दथ कमिटि गठन गरेको थियो ।

क्यान भित्र चलेको वैधानिकताको लडाई र राजनीतिक हस्तक्षपको कारण देखाउदै अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाली क्रिकेटमाथी प्रतिबन्ध लगाएको थियो ।

यस्तै सभाले संघको हितमा काम नगरेको भन्दै प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामालाई पदमुक्त गर्ने निर्णय गरेको छ । निर्वा्चित कमिटिले संघ प्रतिबन्धमा रहेको अवस्थामा चाडै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी