विप्लव माओवादीद्धारा पुस ७ गते उपत्यका बन्दको घोषणा

विप्लव माओवादीद्धारा पुस ७ गते उपत्यका बन्दको घोषणा

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

५ पुस , काठमाडौँ ।

नेकपा (माओवादी)का तीन भातृ संगठनले ईन्धनमा भएको मुल्य बृद्धिको बिरोधमा आगामि पुस ७ गते उपत्यका बन्दको घोषणा गरेका छन् ।

अखिल क्रान्तिकारी,राष्ट्रिय युवा जनस्वयसेवक, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनले आज संयुक्त विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बृद्धि गरिएको मूल्य फिर्ताको माग गर्दै बन्दको घोषणा गरेका हुन् ।

आज माओवादीले नेपाल आयल निगमले गरेको ईन्धनको मूल्य बृद्धिको बिरुद्ध प्रदर्शन पनि गरेको छ । रत्नपार्कबाट सुरु भएको विरोध र्याली जमल ,कमलादी,पुतलीसडक ,भ्रीकुटीमण्डप हुँदै सुन्धारामा पुगेर कोण सभामा परिणत भएको थियो ।

बाच्न पाउने अधिकार खोस्न पाइदै, भारतीय दलाल सरकार चाहिदैन भन्दै माओवादी नेता(कार्यकर्ताल र सर्वसाधारण र्यालीमा सहभागी भएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पेट्रोलियम पदार्थमा भाएको मूल्य बृद्धि सरकारले फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ