राप्रपाले ७० जिल्लाको एकिकरण सक्यो

राप्रपाले ७० जिल्लाको एकिकरण सक्यो

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भक्तपुर, ५ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७० जिल्लामा एकीकरण सकेको छ । एक महिनाअघि राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता भएपछि जिल्ला तहदेखि नै एकीकरण सुरु भएको हो ।

गएको २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिए पनि प्राविधिक कारणले निर्धा्रित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकिएको पार्टीका महामन्त्री टंक ढकालले बताउनुभयोे ।

विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसले नेतृत्व लिने भन्नेबारेमा विवाद भएपछि महाधिवेशनको समय अवधिसम्म आलोपालो गरी नेतृत्व लिने समझदारी पनि भएको छ ।

पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा समेत सुरु भएको छ । अब एक हप्ताभित्र एकीकरण सकेर महाधिवेशनका लागि प्रतिनिधि छनौटलगायत आवश्यक तयारी गर्ने राप्रपाले जनाएको छ ।
राप्रपाले आउँदो फागुनमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ